तनहुँ-१ को उपनिर्वाचनको लागि २६ दल दर्ता

तनहुँ | चैत १४, २०७९

तनहुँ-१ को उपनिर्वाचनको लागि २६ दल दर्ता

तनहुँ: निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि आगामी वैशाख १० गते तनहुँको क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भएका छन् ।

 

उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि दिइएको समयमा आयोगमा सो सङ्ख्यामा दल दर्ता भएको जानकारीकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । दर्ता हुनेमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका रहेका छन् ।  

 

आयोगले तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । आयोगले सूचना जारी गर्दै उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि समय दिएको थियो ।  उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्य तालिकासमेत सार्वजनिक गरिसकेको छ । आगामी चैत २० गतेलाई मनोनयनको कार्यपालिका सार्वजनिक भएको छ ।

 

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यपालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगले यसअघि नै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको । यसै गरी आयोगले बारा २ बाट निर्वाचित राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्